ad ad

समाज


कोरोना कहर : सुत्केरी भएलगत्तै आमाको मृत्यु, बच्चा भने स्वस्थ

कोरोना कहर : सुत्केरी भएलगत्तै आमाको मृत्यु, बच्चा भने स्वस्थ

नेपालखबर
चैत ८, २०७६ शनिबार ७:५०,

पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ।

नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या छ पुगेको छ।

विश्वमै यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ।

ती महिलालाई आफ्नै आमाबाट कोरोनाभाइरस संक्रमण भएको मानिएको छ। उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको मानिएको छ।

पोल्यान्डका सञ्चार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्।  रासस÷एएनआई 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .