ad ad

समाज


युरोपमा कोरोनाबाट एकै दिन १७ हजार बढी संक्रमित

युरोपमा कोरोनाबाट एकै दिन १७ हजार बढी संक्रमित

नेपालखबर
चैत ८, २०७६ शनिबार ७:२०,

युरोपेली राष्ट्रहरुमा कोरोनाको संक्रमण भारी मात्रामा बढेसँगै हाल विश्वभर २ लाख ७६ हजार ५३२ संक्रमित भएका छन्। मृतकको संख्या ११ हजार ४१८ को मृत्यु भइसकेको छ।

इटलीमा मात्र एकै दिनमा ६२७ को मृत्यु भएको बताइएको छ।

कोरोनाको उद्गमस्थल चीनमा हाल ८१ हजार ८ संक्रमित छन्। त्यहाँ ३२ सय ५५ को मृत्यु भइसकेको छ। तर हाल युरोपक कोरोनाका केन्द्रविन्दु बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

गएको २४ घण्टामा युरोपेली मुलुक इटली, स्पेन, जर्मनी र फ्रान्समा भारी मात्रामा कोरोना संक्रमित थपिए।

इटलीमा हाल ४७ हजार २१ संक्रमित पुष्टि भएका छन्। स्पेनमा २१ हजार ५७१, जर्मनीमा १९ हजार ८४८ र फ्रान्समा १२ हजार ६१२ कोरोनाबाट बिरामी परेका छन्। सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .