शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
यो भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस भएको छ। गएको पुस महिनामा नेपालमा भूकम्पका १२ धक्का महसुस भएको थियो।
विज्ञहरुले नेपाल भूकम्पीय दृष्टिले अत्यन्तै जोखिमयुक्त क्षेत्रमा रहेको बताउँदै आएका छन्।
2.6k
Shares

प्रतिक्रिया