आज बिहान गएको भूकम्पको केन्द्रबिन्दु तिब्बत रहेको खुलेको छ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले ले जनाएको छ।
यो भूकम्पकाे केन्द्रबिन्दु लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर टाढा पर्छ।
तिब्बतसँग सीमा जाेडिएका नेपालका सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ जिल्लामा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे ५।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ।
भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमा समेत भूकम्पको धक्का महसुस भएकाे बताएका छन्।
3.3k
Shares

प्रतिक्रिया