नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृह मन्त्रालयले शुक्रबार बेलुका एसएसपी सरुवाको निर्णय गरेको हो।
गृहमन्त्रीस्तरीय निर्णयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि परिवर्तन गरिएको छ।
काठमाडौँ प्रहरी परिसरको प्रमुखमा विश्व अधिकारी र अपराध अनुसन्धानमा रमेशकुमार बस्नेतलाई जिम्मेवारी दिइएको छ।
अधिकारी प्रहरी महानिरीक्षकको सचिवालयमा र बस्नेत भैरहवा विमानस्थलमा कार्यरत थिए।
अपराध अनुसन्धान र काठमाडौँ प्रहरी प्रमुख हेरफेरको तयारी, बस्नेत र अधिकारी आउने
यसअघिका काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरे ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा गरिएको छ।
यसअघि काज सरुवा गरिएका एसएसपीहरूको पनि सरुवा कायम गरिएको छ।
हेर्नुहोस् पूरा सूची:



Shares

प्रतिक्रिया