समाज


प्रहरीमा १७ एसपीको सरुवा हुँदा पर्सा र चितवनसहित ६ जिल्लाका प्रमुख फेरिए

प्रहरीमा १७ एसपीको सरुवा हुँदा पर्सा र चितवनसहित ६ जिल्लाका प्रमुख फेरिए

नेपालखबर
माघ ११, २०८१ शुक्रबार २३:४९, काठमाडौँ

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। केही जिल्लाका एसपी एसएसपीमा बढुवा भएका र केहीको एक वर्ष पूरा भएकाले जिल्ला प्रहरी प्रमुखसमेत हेरफेर गरिएको हो। 

प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ। चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन्। 

इलाममा एकनारायण कोइरालालाई खटाइएको छ। दुर्गाराज रेग्मी नुवाकोट, रामेश्वर कार्की सिन्धुपाल्चोक र सन्तोष तामाङ बाराको प्रहरी प्रमुखमा सरुवा भएका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिलराज बोहरा र ललितपुरमा नरहरि रेग्मीलाई सरुवा गरिएको छ। यी दुवै जिल्लामा प्रमुख भने एसएसपी हुन्छन्। 

यी हुन् सरुवा भएका १७ एसपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad