प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली शुक्रबार प्रकाशन गरेको छ।
क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि भोलि (माघ १२ गते) निर्वाचन हुँदैछ।
जसअनुसार अध्यक्ष पदमा चारजनाको उम्मेदवारी परेको छ। विजयप्रकाश सापकोटा, हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल र योगेन्द्र बुढा अध्यक्षको प्रतिस्पर्धामा छन्।
यस्तै, सञ्जयकुमार महतो, तिर्सना हमाल, गोविन्द बानियाँ, श्याम रोका, रोशन थापामगर, सञ्जिव फुयाल, प्रतीक कार्की र पदम काफ्लेले महासचिवमा उम्मेदवारी दिएका छन्। माओवादीका नेताहरुको आफ्ना आफ्ना उम्मेदवार उठाएका छन्।
९ उपाध्यक्षका लागि भने ४४ जनाले उम्मेदवारी दिएका छन्।
यसअघि क्रान्तिकारीले ३२ वर्षे उमेर हदमाथि निर्णय गर्न चुनाव गरेको थियो।
यी हुन् उम्मेदवारहरू :
Shares

प्रतिक्रिया