समाज


काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मा डीएसपी चन्दलाई

काठमाडौँ प्रहरी प्रवक्ताको जिम्मा डीएसपी चन्दलाई

नेपालखबर
माघ ९, २०८१ बुधबार १९:३७, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दले पाएकी छन्।

यसअघिका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएर गएपछि चन्दलाई नयाँ प्रवक्ता तोकिएको हो। 

काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार अधिकारीको बिदाइसँगै चन्दलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

डीएसपी चन्द यसअघि स्वयम्भू वृत्तबाट परिसरमा सरुवा भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad