समाज


‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पूर्वडीआईजी विष्टलाई, गढीमाई बाहिनी उत्कृष्ट (तस्बिरहरू)

‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पूर्वडीआईजी विष्टलाई, गढीमाई बाहिनी उत्कृष्ट (तस्बिरहरू)

नेपालखबर
माघ ९, २०८१ बुधबार १९:१८, काठमाडौँ

सशस्त्र प्रहरी बलका अवकाशप्राप्त नायव महानिरीक्षक (डीआईजी) नवराज विष्टलाई ‘एपीएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा विशेष कार्यक्रमकाबिच विष्टलाई अवार्ड प्रदान गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्षको उत्कृष्ट हुन सफल भयो। बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको छ। यसअघि २०७८ सालमा पनि डीआईजी ठाडा मगरले नेतृत्व गर्दा नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ। 

दुवै अवार्ड गृहमन्त्री रमेश लेखक र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रदान गरे। सोही अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा सम्पादित कार्यहरू समेटिएको ‘सशस्त्र प्रहरी वर्ष पुस्तक २०८१’ को लोकार्पण समेत गरिएको छ। 

गृहमन्त्री रमेश लेखकलाई महानिरीक्षक अर्यालले ५१ लाख ३९ हजार ४ सय २ रुपैयाँ बराबरको चेक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको लागि हस्तान्तरण गरेका छन्। 

उक्त रकम सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरूबाट सङ्कलन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। समारोहमा सशस्त्र प्रहरीले सम्पादन गर्ने उद्धारका अभ्यास, खेलकुद र सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad