हङकङको युनलङमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
बुधबार बिहान वाङयिप स्ट्रिट पश्चिममा रहेको हाइयिप फ्याक्ट्री नजिकै ७/८ जनाको समूहले दुई जनामाथि आक्रमण गरेका हुन्। बिहान साढे ५ बजे घटनाको रिपोर्ट प्राप्त भएको प्रहरीले जनाएको छ।
आक्रमणपछि उक्त समूह हाइयिप स्ट्रिटतर्फ भागेको थियो। उनीहरू चार वटा निजी सवारी साधनमा चढेर गएको प्रहरी प्रवक्ताले बताएका छन्।
मृत्यु भएका व्यक्तिको हात र खुट्टामा बढी चोट लागेको थियो। उनलाई सुरुमा चुनमुन अस्पताल लगिएको थियो।
त्यहाँबाट पोकओई अस्पताल लगिएकोमा अस्पतालले साढे ६ बजे मृत घोषित गर्यो। मृतक २४ वर्षका छन्।
त्यस्तै, अर्का घाइते २८ वर्षीय पुरुष हुन्। उनलाई ढाडमा चोट लागेको छ। उनैले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
घाइते २८ वर्षीयलाई पनि चुनमुन अस्पतालमा लगिएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (एससीएमपी)
Shares

प्रतिक्रिया