प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वन डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
समिति सभापति कुसुमदेवी थापाले बढ्दो वन डढेलोको कारण मानवीय क्षति समेत हुने गरेको उल्लेख गर्दै वनमा डढेलो लगाउने जो कोहीलाई कानून बमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशान दिइन्।
समितिले डढेलोसम्बन्धि जनचेतनालाई अझै प्रभावकारी बनाउन नेपाल टेलिकमलाई रिङटोन बजाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ।
समितिले प्लास्टिकमुक्त देश बनाई वातावरण स्वच्छता राख्ने सम्बन्धमा आउँदो बैशाखबाट काठमाडौँ उपत्यकाबाट सुरु गर्नेगरी आवश्यक तयारी गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन समेत दिएको छ।
Shares

प्रतिक्रिया