ad ad

समाज


चितवनपछि बुटवल र विराटनगरमा कोरोना विशेष अस्पताल

चितवनपछि बुटवल र विराटनगरमा कोरोना विशेष अस्पताल

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १२:५९,

कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवल र विराटनगरमा कोरोना विशेष अस्पताल निर्माण थालिएको छ।

प्रदेश ५ को बुटवलमा शनिबारसम्म सञ्चालन गर्ने गरी १ सय शैय्याको अस्थायी अस्पताल निर्माण सुरु गरिएको हो भने प्रदेश १ को विराटनगरमा ५० शैय्याको अस्पताल बनाउन लागिएको छ।

बुटवल उप-महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो। बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन्।

बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठासमेत तयार पारिएका छन्।

यता, प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै तत्काल ५० शैय्याको अस्थायी अस्पताल निर्माण गर्ने निर्णय गरेको छ।
विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा निर्माण गरिने अस्थायी अस्पताललाई अन्य अस्पतालबाट रेफर भएर आएका संक्रमितको उपचार गर्ने तयारी गरिएको छ।

प्रदेश सरकारले मोरङको मिक्लाजुङमा २००, झापाको भद्रपुरमा ४० र उदयपुरको बेलसोतमा २०० जना क्षमताको गरी ४४० जना अटाउने क्वारेन्टाइन निर्माण गरेको छ।

कोरोना संक्रमितको उपचार गर्न चितवनमा ७० बेडको अस्थायी अस्पताल आजबाट सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिकाको पहलमा, उद्योग वाणिज्य संघ चितवन, जिल्लामा रहेका सरकारी, निजी संघसंस्था र अस्पतालको सहयोगमा ७० शय्याको अस्थायी अस्पताल निर्माण भएको हो।

सो अस्पतालमा भोलिदेखि आईसीयु र अत्याधुनिक सेवा सञ्चालनमा ल्याइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .