नेपाल सरकारले दिएको निर्देशन अनुसार सार्वजनिक यातायातमा भिडभाड नहुने व्यवस्था मिलाएको ट्राफिक प्रहरीले दाबी गरेको छ। यात्रुलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्ने काम ट्राफिक प्रहरीले आजै बाट शुरु गरेको जानकारी दिएको छ।
साधनमा स्यानिटाइजर राख्ने, भिडभाड हुन नदिने कुराको अनुगमन गर्न आजैबाट २ सय भन्दा बढी कर्मचारीलाई राजधानीका विभिन्न ८० ठाउँमा परिचालन गरेका महाशाखा प्रमुख ढकालले बताए।
‘बसमा यात्रा गर्दा कोचिएर नगरौं। चालक सह चालकलाई सिट क्षमता भन्दा बढी यात्रु नबोकौं भनेर सम्झाएका छौं,’ उनले भने ‘सम्झाउँदा नमान्नेलाई आजबाट कारबाही थालेका छौं। अब झन् कडा पार्दै जान्छौं।’
प्रतिक्रिया