समाज


तनहुँमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमा-छोरा भएको पुष्टि

तनहुँमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमा-छोरा भएको पुष्टि

नेपालखबर
माघ ८, २०८१ मंगलबार १०:४७, काठमाडौँ

तनहुँमा आज बिहान मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमाछोरा भएको खुलेको छ। 

मंगलबार बिहान पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका- १२ तल्लो छिर्कनमा (बेलभन्ज्याङ) मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

सुरुमा पहिचान नखुलेका मृतकको पछि सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए। मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका- ६ चालिसे घर भइ हाल व्यास नगरपालिका-५ पाटन बस्दै आएका १९ वर्षीय सन्दिप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले छिन्।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३-००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

‘तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको बाँया साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘दुर्घटनामा आमा छोराको घटनास्थलमै मृत्यु भएको हो। हुस्सु लागेका कारण मोटरसाइकल दुर्घटना भएको आशंका छन्।’

मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad