ad ad

समाज


कोरोना असर: नेपालमा रहेका सबै पिसकोर स्वयंसेवक फिर्ता

कोरोना असर: नेपालमा रहेका सबै पिसकोर स्वयंसेवक फिर्ता

नेपालखबर
चैत ७, २०७६ शुक्रबार १०:५५,

कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहेको सन्दर्भमा नेपालमा रहेका फिसकोर स्वयंसेवक फिर्ता गएका छन्। नेपालमा कूल १२४ स्वयंसेवक रहेकामध्ये शुक्रबारको उडानबाट आधा फिर्ता भएका छन्। बाँकीलाई कतार एयरवेजको अर्को उडानबाट पठाउने तयारी गरिएको छ।

वासिंटन डिसीस्थित मुख्यालयले कोरोना महामारीलाई ध्यानमा विश्वभरि रहेका सबै स्वयंसेवक फिर्ता बोलाउने निर्णय गरेअनुसार उनीहरु फिर्ता भएका हुन्।

पिसकोर निर्देशक डा. जडी के. अल्सनले यो फिर्ता अस्थायी भएको उल्लेख गरेका छन्। ‘हामीले कार्यस्थलमा काम तथा कार्यक्रम बन्द गरेका छैनौं। अवस्था अनुकूल हुनासाथ सामान्य काममा फर्किने छौं’, उनले भने।

चैत २ गते पिसकोर मुख्यालयले कोभिड–१९ को प्रकोपका कारण विश्वभरका आफ्ना स्वयंसेवकलाई अस्थायी रुपमा फर्काउने निर्णय लिएको थियो। यसमा नेपालम रहेका पिसकोर स्वयंसेवक पनि परेका हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार स्थिति सामान्य भएपछि सबै स्यंसेवक फेरि नेपाल फर्किने छन्। सन् २०१५ को भूकम्पको अवस्थामा पनि पिसकोर स्वयंसेवक फिर्ता गएका थिए। परकम्प कम हुन थालेपछि फर्किएका थिए। पिसकोर स्वयंसेवकले नेपालमा शिक्षा, वातावरण तथा प्राकृतिक स्रोत सरंक्षण, स्वास्थ्य, समुदाय तथा युवा विकासमा काम गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .