ad ad

समाज


कोरोना परीक्षणको चाप बढेपछि जनस्वास्थ्य प्रयोगशालामा अन्य नियमित जाँच बन्द

कोरोना परीक्षणको चाप बढेपछि जनस्वास्थ्य प्रयोगशालामा अन्य नियमित जाँच बन्द

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ११:७,

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएका सबै नियमित परीक्षण सेवाहरु अनिश्चितकालका लागि बन्द भएका छन्। प्रयोगशालाले विज्ञप्ति जारी गर्दै कोरोनासम्बन्धी परीक्षणको चाप बढ्ने भएकाले नियमित जाँच अनिश्चितकालका लागि बन्द भएको जनाएको हो।

प्रयोगशालाकी निर्देशक रुणा झाले कोभिड १९ का परीक्षण धेरै संख्यामा गर्नुपर्ने अवस्था आएको र सरकारले समेत अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन भनेकाले अन्य जाँच हाललाई बन्द गरिएको जानकारी दिइन्। उनका अनुसार सर्भिलेन्ससम्बन्धी सबै कार्य यथावत् हुने जनाइएको छ।

यसअनुसार एचआईभी भाइरल लोड, ईआईडी, वेई/मिसलेस सर्भिलेन्स, हेमोग्लोबिनोपेथीसम्बन्धी परीक्षणहरु, संक्रमणजन्य फिभर प्यानेलहरु (डेंगु, स्क्रब टाइफस, लेप्टोस्पिरा, मलेरिया, वाइडल, के–३९) का सेवाहरु यथावत् रहने राणाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .