राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा.भीष्मकुमार भूसालले प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा कामकाज गर्ने जिम्मेवारी पाएका छन्।
गृहमन्त्रीस्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भूसालले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुखका रुपमा कामकाज गर्ने गरी जिम्मेवारी पाएका हुन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ (ग) वमोजिम डा. भूसाललाई कार्यकारी प्रमुखको जिम्मेवारी प्राप्त भएको हो।
पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात हाल नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रिया चलिरहेको छ।
573
Shares

प्रतिक्रिया