समाज


राशिफल ६ माघ: मेष र वृषलाई नयाँ ज्ञान सिक्ने अवसर, तुलालाई कलहको योग, तपाईँको के?

राशिफल ६ माघ: मेष र वृषलाई नयाँ ज्ञान सिक्ने अवसर, तुलालाई कलहको योग, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ ६, २०८१ आइतबार ४:४७, काठमाडौँ

आज आइतबार, ६ माघ २०८१ (१९ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृष: पुनर्मिलनको योग रहेको छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सेयर बजारको क्षेत्र राम्रो देखिन्छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन: जालझेलबाट सावधान रहनुपर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। सचेत रहनुहोला। कर्मक्षेत्र पनि संघर्षशील रहनेछ तर धार्मिक कार्य र तीर्थाटनको योग पनि छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ६०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: शुभकार्यको चर्चा चल्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। धर्मकर्म, परोपकार र समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: नयाँ वस्त्रको प्राप्ति हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। कुटुम्बको सहयोग मिल्नेछ तर स्वास्थ्यप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या: सफल यात्राको योग छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५ व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला: लाभहानी, सुखदुख बराबरी खालको दिन छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। अरुले आलोचना पनि गर्न सक्छन्। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६९, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

वृश्चिक: कुनै कुराले मनमा शान्ति छाउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। बौद्धिकताको विकास हुनेछ। शुभ समाचार सुन्न पाइएला। न्यायिक कार्यमा पनि सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।  

धनु: रमणीय र सुखद् यात्राको योग छ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउला। लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ४१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर: पुनर्मिलनको योग रहेको छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ: अनावश्यक यात्रा हुनसक्छ। स्वास्थ्यमा गडबडी हुँदा दैनिक कामकाजमा असर पर्नसक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। घर परिवारमा झैझमेलाको अवस्था पनि आउनसक्छ। साँझमा भने कतै भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। सामाजिक र धार्मिक यात्राको योग पनि छ। अतिथिको रूपमा सत्कार पाइनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुनसक्छन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ८१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad