राष्ट्रिय जनमोर्चा ओखलढुंगा जिल्ला अध्यक्ष शेरबहादुर खत्रीको घर आगलागीबाट ध्वस्त भएको छ।
सिद्धिचरण नगरपालिका–३ अँधेरीस्थित खत्रीको घर पुस २९ गते आगलागीबाट नष्ट भएको खत्रीले बताए।
आगलागीबाट घर ध्वस्त भएपनि मानवीय क्षति हुन पाएन। आगलागी हुँदा उनी आफ्नो उपचारका लागि अस्पताल थिए भने पत्नी गोठमा र छोराछोरी बाख्रा चराउन गएका थिए।
आगलागीको कारण खुल्न सकेको छैन। तर विद्युत् सर्ट भएर आगो लागेको उनको अनुमान छ।
आगलागीमा परी २५ तोलाजति सुन, ३५ तोलाजति चाँदी, ८० मुरीभन्दा बढी अन्न, साढे तीन लाख नगद डढेको उनले बताए। त्यस्तै घरभित्र रहेका मोबाइल, ओढ्ने ओछ्याउने सबै खरानी भएको छ।
खत्री परिवार अहिले नजिकैको अर्को कटेरोमा बसिरहेकोे छ।
66
Shares

प्रतिक्रिया