बागमती


ट्राफिक कारबाहीमा पर्नेलाई अनलाइन कक्षा: एसएसपी घिमिरे

ट्राफिक कारबाहीमा पर्नेलाई अनलाइन कक्षा: एसएसपी घिमिरे

नेपालखबर
माघ ३, २०८१ बिहिबार १९:२५, काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताएका छन्।

कार्यालयमा सरूवा भएर आएपछि बिहीबार कार्यालयमै गरिएको परिचयात्मक कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन्। उनले ट्राफिक प्रहरीले सवारी चालकहरूलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा पनि राखे।

समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको उनको भनाइ थियो। उनले ट्राफिक प्रहरीले विगतमा राम्रो काम गरेको देखाउनको लागि भए पनि धेरै सवारी साधनलाई कारबाही गर्ने गरेको भए पनि अहिले कमी आएको बताए।

अहिले ट्राफिक प्रहरीको कारबाही प्राथमिकतामा नभएको, बरू ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारे।

उनले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको जानकारी पनि दिए। सडक लेनको कारबाहीमा परेका चालकहरूले लिने कक्षालाई अनलाइन बनाउन लागिरहेको पनि उनले बताए।

भिडिओ:

उनले भने, ‘पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको छ। ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम भन्ने हुन्थ्यो। अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकता दिएको छैन। ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ। ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेका हुन्छौं । सडक लेनको कारबाहीमा परेका चालकहरूले लिने कक्षालाई पनि अनलाइन बनाउन लागिरहेका छौँ। हाम्रो उद्देश्य कारबाही गर्ने होइन। सवारी चालकलाई जिम्मेवारी बनाउनको लागि कारबाही गरिरहेका छौँ। जिम्मेवारी सवारी चालक र सञ्चालकहरूले पनि लिन आवश्यक छ।’

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको दाबी गरे। २१ लाख मोटरसाइलक मात्रै रहेको र सार्वजनिक सवारी साधनले राम्रो सेवा दिन नसक्दा निजीको मात्रा वृद्धि भएको उनको भनाइ छ।

सरकारले बिचौलियाहरूसँगको समन्वयमा सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाइदिने काम गरिरहेको आरोप पनि उनले लगाए। यातायात क्षेत्रलाई सुधार गर्नको लागि सार्वजनिक यातायातको लागि छुट्टै लेनको व्यवस्था गरे मात्रै पनि पठाओ, इन्ड्राइभ सबै हराउने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad