समाज


वृषको शत्रु हाबी बन्ने, कन्या व्यस्त रहने, तपाईँको के? हेर्नुस् ४ माघको राशिफल

वृषको शत्रु हाबी बन्ने, कन्या व्यस्त रहने, तपाईँको के? हेर्नुस् ४ माघको राशिफल

ज्यो. मेनुका दाहाल
माघ ४, २०८१ शुक्रबार ४:३८, काठमाडौँ

आज शुक्रबार, ४ माघ २०८१ (१७ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : कार्यसिद्धिको योग छ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। शत्रु पक्ष हाबी हुन सक्छन्। सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घरायसी वातावरणमा केही असामञ्जस्य देखिन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग३६  र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। अरूको ईर्ष्या नगर्ने।

मिथुन : आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ कामको अवसर र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सहयोगी हातहरू अघि बढ्नेछन्। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

सिंह : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुनेछ। अधुरा काम पूरा हुनेछन्। अनावश्यक खर्चबाट बच्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ४९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। सुन्दरतामा धन खर्च हुनेछ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्ला। विगतका गलत निर्णयले काममा चुनौती र झमेला आउने देखिन्छ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

तुला : अधुरो र आँटेको कार्य पूरा होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ कार्यको अवसर मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : लाभ र हानि बराबर हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वादिष्ट परिकारको अवसर मिल्नेछ। सजिलै अरूको मन जित्न सकिनेछ। पारिवारिक साथ, सहयोग र समर्थन मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ५९, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

धनु : दबाब र तनाव बढेको महसुस हुनेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। साँझमा भने आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : आत्मबलमा कमी आउनेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला। व्यवसायमा नोक्सानी होला।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : शुभकार्यको चर्चा चल्ने र सरुवा बढुवाको योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। हर्ष र प्रसन्नतामा समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सहयोगी हातहरू अघि बढ्नेछन्।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मीन : सबैले तपाईँको काममा सहयोग गर्नेछन्। नयाँ काम वा रोजगारी पाइनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। प्राविधिक काममा सफलता मिल्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मिष्ठान्न भोजनको अवसर छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad