सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणका एक मुख्य अभियुक्त बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठूलो रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनीविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर भएको थियो।
बेचन झा र प्रतीक थापालाई रिहा गर्न उच्च अदालतबाट पनि अस्वीकार
बेचन झा पुर्पक्षका लागि थुनामा
762
Shares

प्रतिक्रिया