नक्कली शरणार्थी प्रकरणका अभियुक्त बेचन झा र प्रतीक थापालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ।
न्यायाधीश अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकै निर्णय सदर गरेको हो।
२०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेपछि उनीहरु थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका थिए।
तर उच्चले पनि उनीहरुको माग अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको हो।
थापाविरुद्ध पहिल्यै मुद्दा दायर भइसकेको थियो। उनी त्यतिबेला फरार रहेकाले प्रहरीले पछि पक्राउ गरेर अदालतमा पेश गरेको थियो।
पहिलो चरणमै प्रतिवादी बनाइएकामा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डे थुनामै छन्। अरु बिचौलियाहरु पनि थुनामै छन्।
नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण भने थुनामुक्त भएका थिए।
Shares

प्रतिक्रिया