कला


‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

‘दुखी आत्मा’को ‘ब्रेकअप कविता’ सार्वजनिक

नेपालखबर
माघ ३, २०८१ बिहिबार १६:२५, काठमाडौँ

‘माया, तिमी यसलाई एक घटना सम्झ।
विन्ती यसलाई दुर्घटना नसम्झ।
सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो।’

माथिको कविताको हरफ फागुनको २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’ समावेश छ। कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो फिल्ममा समावेश छन्।

जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ। जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ।

सार्वजनिक कवितामा दयाहाङ राईको आवाज सुन्न पाइन्छ।  भिडिओमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन्। आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन्। यसले, फिल्ममा दया कतै कविको भूमिकामा त छैनन् भन्ने पनि अड्कल लगाउन सकिन्छ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन्। फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ।

सुदिप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ। फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतका कलाकारहरुको अभिनय छ। फिल्मको टिजर सार्वजनिक भएपछि यसको चर्चा ह्वात्तै बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad