भारतको कालापहाडमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका बर्दियाका २ सहित तीन नेपालीको शव नेपाल ल्याईएको छ।
मंगलबार भारतको कालापहाडमा ट्याक्टर दुर्घटना हुँदा मजदुरीका लागि गएका तीन नेपाली युवाको मृत्यु भएको थियो भने दुई जना हामफालेर बाच्न सफल भएका थिए।
मृत्यु हुनेहरुमा बर्दियाको गेरुवा गाउँपालिका १ का अन्दाजी वर्ष १८ का दीपेन्द्र तिरुवा, जगत तिरुवा र कैलालीको जानकी गाउँपालिका पुन्टे साउद रहेको राष्ट्रिय युवा संगठनका बर्दिया जिल्ला इन्चार्ज शिव रिमालले जानकारी दिए।
दुर्घटनामा ट्याक्टरबाट हाम फालेर बर्दियाको गेरुवा गाउँपालिका १ का गणेश बिसी र हरि चौधरीले भने ज्याज जोगाएको उनले जानकारी दिए। ‘दुर्घटनामा दुई युवाको ज्यान गएको छ’, नेपालखबरसँग कुरा गर्दै रिमालले भने, ‘सिकारुले ट्याक्टर चलाउँदा दुर्घटना भएको भन्ने खबर आएको छ।
मृतकका आफन्तहरुले शुक्रबार बिहान उनीहरुको शव नेपाल ल्याएका हुन्। उनीहरुको आजै अन्त्यष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ।
उनीहरु कालापहाडको सरपौडी जिल्ला चमसुल गाउँमा निर्माण मजदुरका रुपमा काम गर्न गएका थिए। यो क्षेत्रका मानिसहरु मौसमी रुपमा काम गर्न कालापहाड जाने गरेको ईन्चार्ज रिमालले बताए।
प्रतिक्रिया