गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे-नागढुंगा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय फिर्ता लिएको छ।
मन्त्रालयको निर्णयपछि यस सडकखण्डमा सवारी निर्बाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए।
चाडपर्वको मुखमा काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय भएको हो।
207
Shares

प्रतिक्रिया