ad ad

समाज


सत्तारुढ कांग्रेसले भन्यो- राजमार्गका मानिसको सरकारले तत्काल उद्धार गरोस्

सत्तारुढ कांग्रेसले भन्यो- राजमार्गका मानिसको सरकारले तत्काल उद्धार गरोस्

नेपालखबर
असोज १५, २०८१ मंगलबार २१:३७, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ।

मंगलबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 

नेपाली कांग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गरेको बताए। 

प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग, सडक, पुलहरू भत्किएको भन्दै खोजी, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताए। 

‘बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौँ। अहिले पनि कतिपय मानिसहरू उद्धारको प्रतिक्षामा छन्। सडक बाटोमा फसेका मानिसहरू तत्काल नेपाल सरकारले उद्धार गरोस्,’ उनले भने, ‘पूर्वको लाइफलाइन बन्द भएको छ। खोजी उद्धार र राहत पछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुपता देखाउनुपर्छ। सरकारले सडक सुचारु गर्न तिव्रता दिओस्। दसैँ तिहार जस्ता चाडपर्वहरू छन्। बाटो खुलाउन अग्रसर हुन आग्रह छ।’

दसैँ-तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको उनले बताए। 

कालोबजारी, मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे। 

‘सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने र यातायातको भाडादरहरूलाई नियन्त्रण गर्ने र साविककै भाडादरलाई कायम राखेर सडक र हवाई यातायात सेवा दिन सरकारले वातावरण बनाउन माग गरेका छौँ,’ उनले भने, ‘विपद् व्यवस्थापनको लागि नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने भन्ने निर्णय संसदीय दलले पास गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .