ad ad

समाज


ज्याक मा फाउन्डेसनले काेभिड १९ बारे डाक्टरहरुसँग अन्तर्क्रिया गर्दै

ज्याक मा फाउन्डेसनले काेभिड १९ बारे डाक्टरहरुसँग अन्तर्क्रिया गर्दै

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ७:४६,

ज्याक मा फाउन्डेसन र अलीबाबा फाउन्डेशसले आज प्रथम अफिलीएटेडेड अस्पताल झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिनका डाक्टरहरू, अन्य मेडिकल प्रशासकहरू र स्टाफबाट केहि मुख्य पाठहरू र अनुभव साझा गर्दै छ। झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिन का डाक्टरहरू चीनमा कोभिड–१९ को उपचार र यसको प्रसारलाई सुस्त बनाउन महत्वपूर्ण भूमिका खेलेका थियो।

एक डिजिटल ह्यान्डबुकको रूपमा, चिकित्सा प्रशासकहरू र स्टाफले विश्वव्यापी रूपमा उनीहरूले बिरामीहरूको स्क्रीनिङ्ग देखि निदान र उपचार सम्म हरेक चरणमा सिकेका कुराहरु साझा गरेका छन्।

५० दिनको अवधिमा ‘फाहजु’ले १०४ बिरामीहरूलाई भर्ना गरेको थियो जसमा १०४ लाई कोभीड १९ भएको पुष्टि भयो र त्यसमध्ये पनि ७८ जना गम्भीर रुपले बिरामी भएको पुष्टि भयो। नयाँ प्रविधिहरूमा लगानी र अग्रगामी प्रयासहरूको साथ फाहजुले कुनै पनि मेडिकल स्टाफमा संक्रमण, गलत निदान वा बिरामीको मृत्यु बिना नै यस स्वास्थ्य संकट पार गर्न सक्षम भयो।

यो ज्याक मा फाउन्डेशन र अलीबाबा फाउन्डेशनको आशा हो कि मेडिकल प्रशासकहरू र विश्वभरका कर्मचारीहरूले यस पुस्तिकालाई कोभीड १९ का बिरामीहरूको उपचारमा सहयोगी र उपयोगी पाउन्।

ज्याक मा भन्छन्, ‘आज, विश्वव्यापी महामारीको फैलावटसँगै, यी अनुभवहरू चिकित्साकर्मीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण हतियार हुन्। हामी आशावादी छौं कि यस पुस्तिकाका साथ अन्य प्रभावित क्षेत्रका डाक्टर र नर्सहरूले उनीहरूको अनुभवबाट यो युद्धको सामना गर्न पाठ सिक्न सक्दछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .