स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा थुनछेक आदेश आउँदै छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश सुनाउन लागेको छ।
आइतबारदेखि चलेको बयान र बहसपछि आज आदेश सुनाउन लागिएको हो। आदेश आउने भएपछि रास्वपाका नेताहरू पनि अदालत पुगेका छन्।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन्। उनीहरू रविसँग बसेर आदेश कुरिरहेका छन्।
आदेश सुनाउनै लाग्दा इजलासबाट पत्रकारलाई बाहिर निकाल्न खोजिएको छ।
अहिले रास्वपाका केही कार्यकर्ता र पत्रकार इजलासबाहिरै बसेर आदेशको प्रतीक्षा गरिरहेका छन्।
7.1k
Shares

प्रतिक्रिया