ad ad

समाज


अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन

अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ४:३९,

जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन सुरु गरेको छ।

कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन सुरु गरेको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खगेन्द्र सुवेदीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनी, बनेपा नगरपालिकाका प्रतिनिधि सुदर्शन कारञ्जित, काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके, इलाका प्रहरी कार्यालयका प्रतिनिधि विष्णु सापकोटालगायतको संयुक्त टोलीले विभिन्न ग्यास उद्योग अनुगमन गरेको हो।

यसक्रममा टोलीले बनेपा नगरपालिका–४ मा रहेको सगरमाथा ग्यास उद्योग र वडा नं १० मा रहेको सूर्य ग्यास र चण्डी ग्यास उद्योगमा अनुगमन गरेको हो।

उपभोक्ताले आवश्यकभन्दा बढी भण्डारण गर्न थालेका कारण यस्तो समस्या भएको पाइएको अनुगमन टोलीले जनाएको छ। अनुगमनको क्रममा ती उद्योगले बजारको मागअनुसार ग्यास डिलरलाई पठाइरहेको पाइएको जनाएको छ। उद्योगले पहिलाको भन्दा दुई गुणा ग्यास बजारमा वितरण गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुडासैनीले जानकारी दिए। ‘ग्यास उद्योगले निरन्तर ग्यास बजारमा पठाए पनि उपभोक्तले अभाव हुने हो कि भनी सञ्चय गरेका कारण बजारमा ग्याँस अभावको हल्ला चलेको पाईएको छ।’

अन्य समयभन्दा आजकाल दुईगुणा बजारमा पठाइरहेको सो उद्योगका व्यवस्थापक रोशन नापितले बताए। ‘हामीले पहिलाको भन्दा दुई गुणा ग्यासका सिलिन्डर बजारमा पठाएका छौँ’, उनले भने, ‘अझै पनि बजारमा माग धेरै छ।’

सूर्य ग्यास उद्योगबाट पनि पहिलेको भन्दा बढी ग्यास बजारमा पठाएको उद्योगले जनाएको छ । अरु बेला दैनिक सात÷आठ सय सिलिन्डर बजारमा पठाउने गरेकामा अहिले दैनिक एक हजार ८०० सिलिन्डर ग्यास पठाउँदा पनि माग आउने क्रम जारी रहेको जनाएको छ।

अनुगमनको क्रममा उद्योगमा साइनबोर्ड नभएको पाइएको भन्दै तत्काल साइनबोर्ड राख्न निर्देशन दिएको छ। त्यस्तै ग्यासको वितरण सहज, न्यायोचित र डिलरहरूलाई निरन्तर ग्यास उपलब्ध गराउनसमेत अनुगमन टोलीले निर्देशन दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .