ad ad

समाज


गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा तीन पक्राउ

गोकुल बाँस्कोटाको घरमा बम बिस्फोट गराएको आशंकामा तीन पक्राउ

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ४:८,

 

निवर्तमान सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।

‘पक्राउ पर्नेमा कैलालीका लक्ष्मण सेठी, कालिकोटका टेक लुहार (भिसेक गिरी) र कैलालीका अमृत कुमाल छन्,’ शुक्रबार बिहान नेपालखबरसँग थापाले भने।

उनीहरु सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएका प्रहरीले जनाएको छ।

आज पत्रकारसम्मेलनमार्फत् उनीहरुलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

२८ फागुनमा बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा प्रेसर कुकर बम बिस्फोट भएको थियो।

विस्फोटबाट बाँस्कोटाको घरसहित तीनजना छिमेकीको घरमासमेत क्षति पुगेको थियो ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको अडियो बाहिरेपछि पदबाट राजीनामा दिएका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भएको घोटलामा संलग्न भएको कारण बाँस्कोटाको घरमा बम हान्नु परेको दाबी विप्लव समूहले गरेको छ।

विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले २८ फागुनमै देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो। उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेका दाबी प्रहरीको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .