ad ad

छापा खबर


भरतपुरमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा

भरतपुरमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ३:३५,

कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन्।

आजको गोरखापत्र दैनिकले छापेको समाचार अनुसार त्यहाँ ७० बेडको अस्पताल निर्माण गर्ने तयारी छ। ‘अहिलेलाई ओपीडी सेवा हुनेछ। त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ। ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ,’ मेयर दाहालले भनिन्।

कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले प्रदर्शनी केन्द्रका तीनवटै भवन प्रयोग गर्नु परेमा तीन सय बेड क्षमताको अस्पताल निर्माण गर्न सकिने बताए।

अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको छ। शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन्। बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .