समाज


धनुले रातो पहिरन लगाउँदा चुनौतीबाट पार पाउने, अरूको के? हेर्नुस् १ माघको राशिफल

धनुले रातो पहिरन लगाउँदा चुनौतीबाट पार पाउने, अरूको के? हेर्नुस् १ माघको राशिफल

ज्यो. मेनुका दाहाल
माघ १, २०८१ मंगलबार ४:३९, काठमाडौँ

आज मंगलबार, १ माघ २०८१ (१४ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। प्रेम/प्रेमिका बीच मतभेद बढ्ला। मनमा चञ्चलता बढ्नेछ। साँझमा शुभ समाचार सुन्नमा आउला। प्राविधिक कामबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष : अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। आयआर्जनको क्षेत्रमा सुधार आउनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

मिथुन : मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। यात्रा गर्दा दु:ख पाइन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

सिंह : मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होलान्। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। कसैले मानसम्मानमा आघात पार्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : शुभ समाचार सुन्न पाइएला। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

तुला : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। रोमाञ्चक यात्रा पनि होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक : न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटे र ताकेको कार्य पूरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। सुन्दरतामा धन खर्च हुनेछ। रातो रङको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ। आत्मबल बढाएर काम गर्नु होला।

भाग्यशाली रङ रातो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५०, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मकर : घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। मध्य दिनमा धनमाल हराउने योग भएकाले सजग रहनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। मध्यान्हमा भने बोलीको विपरीत अर्थ लाग्न सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन : श्रमदानमा जुटिएला। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad