ad ad

छापा खबर


कोरोना संक्रमण : यसरी चुक्दै छौँ हामी

कोरोना संक्रमण : यसरी चुक्दै छौँ हामी

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ०:४३,

चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्न लाग्दा हाम्रोमा एउटा पनि आईसियू बेड थपिएको छैन।

अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन, आएकालाई पनि निष्फिक्री घुम्ने छुट छ।

यो बीचमा इटालीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन्। तर, मौका पाएर पनि हामी चुकिरहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लखेका छन्।

कोरोनाको उपचार गर्ने भनेर तोकिएको टेकु, वीर, पाटन, सशस्त्र र सेनाको अस्पतालमा कुल ४२ आइसियु बेड छन्।

टेकुमा २० आईसियू १० दिनमा थपिँदैछन्। बाँकी चार अस्पतालमा थप्ने भनिएका एक सय आईसियू कहिले आउने टुंगो छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .