समाज


आज राति यी प्रदेशमा पहाडमा पानी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना

आज राति यी प्रदेशमा पहाडमा पानी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना

फाइल तस्बिर: घोडेपानीमा हिमपात


नेपालखबर
पुस २८, २०८१ आइतबार १९:५७, काठमाडौँ

आज (आइतबार) राति देशका हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। 

महाशाखाले आइतबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार देशका तराई क्षेत्रमा भने मौसम बदली मात्र हुने तर वर्षा हुने सम्भावना छैन। 

तल हेर्नुहोस् राति कुन कुन प्रदेशमा छ हिमपात र वर्षाको सम्भावना?

कोसी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने साधारणतया बदली रहने मात्र सम्भावना छ।

मधेस प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना छ।

बागमती प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने साधारणतया बदली मात्र रहने सम्भावना छ।

गण्डकी प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने साधारणतया बदली मात्र हुने सम्भावना छ।

लुम्बिनी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ।

कर्णाली प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad