कारोबार


व्यवसायी भन्छन् : भारतीय ओभरलोड ट्रकका कारण नेपालका पुल र सडक जिर्ण बने

व्यवसायी भन्छन् : भारतीय ओभरलोड ट्रकका कारण नेपालका पुल र सडक जिर्ण बने

नेपालखबर
पुस २८, २०८१ आइतबार १९:५६, काठमाडौँ

व्यवसायीले भारतीय ट्रक ओभर लोडका कारण दुम्कीबासको पुल भाँचिएको बताएका छन्। पुलमा अधिकतम गाडीसहित ४९ टन क्षमताको कुद्न पाउने नियम भएपनि ७० टनको गाडी कुदाउँदा पुल भाँचिएको व्यवसायीले बताएका हुन्।

ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँ भारतीय ट्रकको ओभरलोडको कारण नेपाली सडक र पुल बिग्रने गरेको बताउँछन्। उनले करिब ७० टनको ट्रक गुड्दा पुल भाँचिएको दाबी गरेका छन्।

ट्रकको भार नापजाँच गर्ने निकाय यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलले भारतीय ट्रक चेकजाँच गरेरै आउने भएपनि कतिपय अवस्थामा जरिवाना तिरेर कुदाउने सुविधा दिने गरेको बताए।

‘बेलायत सरकारले बनाएको पुल हो। यसको क्षमता ७० टन धान्छ भन्ने छ,’ महानिर्देशक पोखरेलले भने, ‘ट्रक ओभर लोडको कारण भाँचिएको भन्ने पुष्टि भएको छैन। तर ट्रकको सामान खस्दा भाँचिएको प्रारम्भिक रुपमा देखिएको छ।’

उनले निर्माण सामग्री वा उपकरण छुट्टा छुट्टै ट्रकबाट ल्याउन नमिल्ने भएकाले मापदण्ड भन्दा बढी क्षमताका ट्रक कुदिरहेको बताए।

‘हरेक ट्रकले आफ्नो भार क्षमता चेक गरेर मात्रै कुद्न पाउने भन्ने नियम छ,’ उनले भने, ‘कतिपय अवस्थामा एउटै समान हुँदा जरिवाना तिराएर छुट दिने गरिएको छ।’
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालले के कारणले पुल भाँचियो भन्न सक्ने अवस्था नरहेको बताए।

‘ओभरलोड हो वा होइन अझै आधिकारिक प्रमाणित भएको छैन। अहिले उक्त सडकको जिम्मा एडीबीलाई दिइएको छ,’ उपमहानिर्देशक अर्याल भन्छन्।

बिनयी त्रिवेणी गाउँपालिका–१ बिनयपुल स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको बिनयी पक्की पुलको फलामको भाग भाँच्चिन गई मालवाहक लरी समेत फस्न जाँदा राजमार्ग दुई तर्फी अवरोध भएको थियो।

शुक्रबार नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–१ बिनयपुल स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको बिनयी  पुल भारतीय मालवाहक लरीका कारण भाँचिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad