ad ad

समाज


इरानमा कोरोनाबाट हरेक १० मिनेटमा एकको मृत्यु, प्रतिघण्टा ५० संक्रमित

इरानमा कोरोनाबाट हरेक १० मिनेटमा एकको मृत्यु, प्रतिघण्टा ५० संक्रमित

नेपालखबर
चैत ६, २०७६ बिहिबार १४:५२,

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुकमा कोरोना भाइरसका कारण हरेक १० मिनेटमा एक जनाको ज्यान गइरहेको बताएका छन्।

प्रवक्ता कियानुस जहानपुरले इरानमा प्रतिघण्टा ५० जना संक्रमित भइरहेको पनि बताए।

इरानको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा १ सय ४९ जनाको ज्यान गएको बताएको छ।

यससँगै बिहीबारसम्ममा इरानमा भाइरसबाट मृत्यु हुनेहरुको संख्या १ हजार २ सय ८४ पुगेको छ।

महामारी सुरु भएयता एकै दिनमा मृतकको संख्यामा भएको यो सबैभन्दा ठूलो वृद्धि हो।

इरानमा संक्रमितहरुको संख्या भने १८ हजार ४ सय ७ पुगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .