ad ad

समाज


पासो लगाएर गाईको हत्या

पासो लगाएर गाईको हत्या

नेपालखबर
चैत ६, २०७६ बिहिबार १४:२३,

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ।

सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो।

देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान शुरू गरेको छ। पाँचवटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बंगारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याबिन तारको दुईवटा खाली पासो भेटिएका छन्।

मारिएका गाई दुई वर्षभित्रका रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र डडेल्धुराका पशुसेवा प्राविधिक शेरबहादुर थापाले जानकारी दिए। मरेका गाईहरुलाई स्याल, कुकुर तथा गिद्धलेसमेत खाएको अवस्थामा देखेपछि स्थानीयवासीको जानकारीको आधारमा घटना आज सार्वजनिक भएको हो।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले सात वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान छ। आज बिहान स्थानीय प्रहरी, प्रशासन, जनप्रतिनिधि, पशुसेवा प्राविधिक र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन्।

प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .