ad ad

समाज


अभियुक्त रोशनको बयानः बलात्कारको पोल खुल्ने डरले आकृतिको हत्या गरेर अम्रिसोघारीमा पुरेँ

अभियुक्त रोशनको बयानः बलात्कारको पोल खुल्ने डरले आकृतिको हत्या गरेर अम्रिसोघारीमा पुरेँ

उजिर कार्की
चैत ६, २०७६ बिहिबार १४:१८,

इलामको सूर्योदय नगरपालिका १३ मा मंगलबार विद्यालय हिँडेकी किशोरी आकृति राईको बलात्कारपछि हत्या भयो।

हत्या आरोपमा पक्राउ परेका रोशन राईले आफूले बलात्कार गरेको र सो घटना खुल्ने डरले आकृतिको हत्या गरेको बयान दिएका छन्।

गाडिएको अवस्थामा १७ वर्षीया आकृतिको शव फेला पारेपछि प्रहरीले २१ वर्षीय रोशनलाई पक्राउ गरेको थियो।

विद्यालय हिँडेकी आकृतिलाई रोशनले आफ्नै बारीमा रहेको अम्लिसो घारीमा पुर्‍याएर बलात्कार गरेको प्रहरीको भनाइ छ।

बलात्कारपछि आफूले फकाउन खोज्दा पनि आकृति नमानेको र भाग्न खोजेपछि ढुंगाले हानेर हत्या गरेको रोशनले बताएका छन्।

‘आरोपितले बलात्कारपछि घटना खुल्ने देखेर पीडितको हत्या गरेको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी हेमन्त भण्डारीले भने।

आकृतिको हत्यामा प्रयोग भएको ढुंगासमेत घटनास्थलमा फेला परेको छ।

रोशनको भित्री कपडामा समेत रगत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलभन्दा ५० मिटर तल रोशनको गोठ थियो। त्यही गोठबाट कोदालो ल्याएर शव गाडेको बयान रोशनले दिएका छन्।

आकृतिको हत्यापछि उनका किताब र चप्पल रोशनले घरमै लिएर गएका थिए। आफ्नै घरको मलखाडीमा लगेर उनले किताब र चप्पल पनि गाडेका थिए।

कक्षा ११ मा अध्ययनरत आकृति मंगलबार बिहान साढे ९ बजे घरबाट ज्योति माध्यामिक विद्यालय गएकी थिइन्। तर, उनी साँझ घर फर्किनन्।

बुधबार विद्यालयमा बुझ्दा उनी त्यहाँ नपुगेको पत्ता लागेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

आफन्तले खोज्दै जाँदा सूर्योदय नगरपालिका १३ पोखरी किरात टोलको अमलिसो घारीमा खाडल खनेर पुरेको अवस्थामा उनको शव फेला परेका थिए।

शवलाई बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला पारिएको डीएसपी भण्डारीले जानकारी दिए।

बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका रोशन पहिले गाडी चालक थिए। हाल उनी घरमै बस्दै आएको बुझिएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए।

आकृतिकी आमा दोश्रो विवाह गरेर गएकी छन्। उनका बुबा गत वर्ष अरिंगालले टोकेपछि बिरामी परेका थिए। उनी अझै निको भइसकेका छैनन्।

यो पनि:

स्कुल हिँडेकी किशोरीको बलात्कारपछि हत्या, पुरिएको अवस्थामा भेटियो शव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .