समाज


मेष र मिथुनको मानप्रतिष्ठा बढ्ने, वृष समस्यामा पर्ने, तपाईँको के? हेर्नुस् २८ पुसको राशिफल

मेष र मिथुनको मानप्रतिष्ठा बढ्ने, वृष समस्यामा पर्ने, तपाईँको के? हेर्नुस् २८ पुसको राशिफल

ज्यो. मेनुका दाहाल
पुस २८, २०८१ आइतबार ४:३३, काठमाडौँ

आज आइतबार, २८ पुस २०८१ (१२ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। कुनै न कुनै कुराले मनमा शान्ति र प्रसन्नता छाउनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।   

वृष: झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला। खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ। यात्रामा मालसामान हराउन सक्छ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।   

मिथुन: शुभकार्यको चर्चा चल्नेछ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। स्वादिष्ट भोजन पाइनेछ। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ।

भाग्यशाली रङ निलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।    

कर्कट: पारिवारिक भेटघाटमा रमाइनेछ। मान प्रतिष्ठामा वृद्धि होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।   

सिंह: दिन रमाइलो र अविष्मरणीय यात्राको सम्भावना छ। मनमा हर्ष, उमंग र उत्साह छाउनेछ। मानको डर हराएर जानेछ। रमणीय र सुखद् यात्राको योग छ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने। 

कन्या: दिन महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा बाधा आउनसक्छ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ सचेत रहनुहोला तर मान्यजनको आशीर्वादले काम गर्नेछ।

भाग्यशाली रङ रातो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

तुला: दिन हाँसखेल समय हो। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।  

वृश्चिक: रोकिए काम दोहोर्‍याएर गर्दा फाइदा हुनसक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू बिस्तारै अघि बढ्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

भाग्यशाली रङ आकाशे र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

धनु: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ।

भाग्यशाली रङ गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

मकर: मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनसक्छ। अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। साँझमा आफन्तको साथ र सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ४४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसीक भोजन नगर्ने।  

कुम्भ: कुनै कुराले मनमा प्रसन्नता पनि छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ।

भाग्यशाली रङ खैरो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।  

मीन: मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। हर्ष र प्रसन्नताबीच समय व्यतीत हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ।

भाग्यशाली रङ पर्पल भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत रहेको छ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad