बर्दियाको मधुवन नगरपालिका ७ स्थित गंगा बस्तीबाट सशस्त्र प्रहरी टोलीले एक नाल भरुवा बन्दुक, सोको गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ पिस छर्रासहित दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मधुवन नगरपालिका बस्ने ५० वर्षीय लिलबहादुर कुवँर र सोही नगरपालिका ९ बस्ने ३६ वर्षीय दिलबहादुर चौधरी छन्।
बाटोमा लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक, गोली, केप, बारुद र छर्रा फेला परेपछि पक्राउ गरिएको हो।
एपीएफ टोलीले उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साईकल समेत बरामद गरेको छ।पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको छ।
धनुषामा चोरीपैठारीको लत्तापडा बरामद
यता, धनुषा जिल्लाको बिदेह नगरपालिका ९ कमलारपट्टिबाट एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ। बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ। बरामद मोटरसाईकलको भन्सार मुल्य दुई लाख रुपैयाँ रहेको छ।
Shares

प्रतिक्रिया