खेल


चौतर्फी आलोचनापछि सागका पदक विजेता खेलाडीलाई रकम दिन सरकारको अग्रसरता

चौतर्फी आलोचनापछि सागका पदक विजेता खेलाडीलाई रकम दिन सरकारको अग्रसरता

नेपालखबर
चैत ६, २०७६ बिहिबार १२:४७,

१३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई दिने भनिएको घोषित रकम दिन युवा तथा खेलकुद मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ।

बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै सागमा पदकधारी ४ सय ३४ खेलाडी, १ सय १० प्रशिक्षक– सहायक प्रशिक्षक र विभिन्न २५ खेल संघलाई पुरस्कार रकम दिन मन्त्रालयले सम्बन्धित व्यक्ति र संस्थाहरुको बैक खाता अद्यावधिक गरिरहेको जनाएको छ।

खेलाडी, प्रशिक्षक र संघले घोषित पुरस्कार पाउनका लागि सरकारलाई बुझाउनुपर्ने बेरुजु र अन्य रकम बाँकी नरहेको स्वघोषणा गर्नुपर्ने मन्त्रालयका प्रवक्ता मानबहादुर बिकेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुरस्कारका लागि खेलकुद पुरस्कार तथा सम्मान समितिको बुधबार बसेको बैठकको पेश्की फछ्यौट र अन्य रकम बाँकी नरहेको भनि राष्ट्रिय खेलकुद परिषद्मा सिफरिस गर्न समेत पत्रचार गरेको हो।

मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिको दफा ५ को प्रावधान बमोजिम सम्मान र पुरस्कार पाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक तथा आवद्ध खेल संघहरुले सरकारलाइ तिर्न बुझाउन कुनै बेरुजु वा अन्य रकम बाँकी नरहेको भन्ने स्वः घोषणा गर्नुपर्ने वाध्यात्मक व्यवस्था रहेकाले परिषद्मा पेश्की फछ्यौट गर्न बाँकी तथा वेरुजु नभएको भनि परिषद्ले सिफरिस गर्नका लागि पत्रचार गरिसकिएकै छ।’

यो प्रक्रिया पूरा भएपछि रकम उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने बताइएको छ।

खेलाडीको हकमा भने यो लागु नहुने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए। उनले भने, ‘२०७२ मा नै यो कार्यविधि बनाइएको हो। यसमा हामीले खेलाडीलाई रोकेका छैनौँ। संघ र प्रशिक्षकले परिषद्बाट लाखौँ–लाख रुपैयाँ लिएका छन्। प्रशिक्षकले उपचारका लागि लाखौँ रकम पेश्की लिने भएकाले यस्तो भएको हो। खेलाडीले भत्ता बुझेका हुन्छन्, यसमा समस्या हुँदैन।’

पुरस्कारका लागि राखेपले ३ सदस्यीय कार्यदल बनाएका र यसले ३ दिनमा रिर्पोट बुझाउने र खेलाडीको बैँक खातामा पैसा राखिदिने उपाध्यक्ष तिम्सिनाले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँले खेलाडीलाई बालुवाटार सम्मान गर्दै घोषणा गरेको साे पुरस्कार रकम ३ महिनाभन्दा बढी समय बितिसक्दा पनि खेलाडीले रकम प्राप्त गर्न सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad