समाज


नेपालखबरकर्मी पोखरेललाई पत्रकारिता पुरस्कार

नेपालखबरकर्मी पोखरेललाई पत्रकारिता पुरस्कार

नेपालखबर
पुस २५, २०८१ बिहिबार १८:२, काठमाडौँ

नेपालखबरकर्मी जनार्दन पोखरेल ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ बाट सम्मानित भएका छन्।

बिहीबार प्रेस सेन्टर नेपाल, ललितपुर शाखाको पाँचौँ जिल्ला अधिवेशनमा नेपालखबरका उप-सम्पादकसमेत रहेका पोखरेललाई नगद रकमसहित पुरस्कृत गरिएको हो।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल)ले पोखरेललाई पुरस्कार रकमसहित सम्मान-पत्र प्रदान गरे।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय काेषाध्यक्ष रामकृष्ण अधिकारी, पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्की, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गंगा पौडेल बराल, पत्रकार नेपालीकी जीवन संगिनी सविता बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य दिनेश महर्जन, प्रेस सेन्टरका संस्थापक मनऋषि धिताल, उपत्यका प्रदेशका इन्चार्ज निर्मल ज्ञवाली, नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमितिका संयोजक लेखनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा पत्रकार नवराज दाहाललाई पनि नगद पुरस्कारसहित ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको थियो।

त्यसैगरी कार्यक्रममा पत्रकारहरु सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठ, डिलबहादुर थोकर, रामप्रसाद ढकाल, प्रल्हाद शर्मा हुमागाईँ राममणि घिमिरे र गोकर्ण बराललाई ललितपुर पत्रकारिता सम्मान प्रदान गरिएको थियो। 

अधिवेशनले दीपक अर्यालको अध्यक्षतामा प्रेस सेन्टर नेपाल, ललितपुर शाखाको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ।

जसमा कृष्ण पौडेल र उषाकुमारी काफ्ले उपाध्यक्ष, सागर देवकोटा सचिव, रोशन लामा र विसु गुरुङ सहसचिव र मनबहादुर बिक कोषाध्यक्षमा चयन भएका छन्।

सदस्यहरूमा पासाङ घिसिङ, गोपाल सिलवाल, पृथ्वुराज जोशी, अनिल कुमार श्रेष्ठ, विपिन घिसिरे, कमल योञ्जन तामाङलगायत चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad