सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएकी अञ्जला कोइराला आज (बुधबार) जिल्ला अदालत मोरङमा उपस्थित भएकी छन्।
उनी संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी हुन्।
अदालतको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले नेपालखबरसँग भने, ‘उहाँ अहिले अदालतमा उपस्थित हुनुभएको छ, अब बयान सुरु हुन्छ।’
मोरङको धनपालथान गाउँपालिका-३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोपमा पोखरेल पत्नी अञ्जलासहित २५ जनाविरुद्ध मोरङ जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो।
प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय पनि माग गरिएको छ। यअघि अभियोगपत्र दायर गर्दा भने रोशन राजवंशीलाई मात्र अदालतमा पेस गरिएको थियो।
Shares

प्रतिक्रिया