समाज


गृह मन्त्रालयको प्रवक्तामा रामचन्द्र तिवारी

गृह मन्त्रालयको प्रवक्तामा रामचन्द्र तिवारी

नेपालखबर
पुस २४, २०८१ बुधबार १०:५५, काठमाडौँ

गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्।

सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा गरिएका तिवारीलाई प्रवक्ताको समेत जिम्मेवारी तोकिएको हो। 

तिवारीलाई मन्त्रालयमा सुरक्षा समन्वय माहाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ।

अर्को साताबाट तिवारीले जिम्मेवारी सम्हाल्नेछन्।

सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा उनले ७ महिना काम गरे। यसअघि उनले वाणिज्य मन्त्रालयमा दुईपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा र उद्योग विभागको महानिर्देशकका रूपमा पनि काम गरिसकाे छन्। 

त्यसअघि भने तिवारी गृह मन्त्रालय मातहत नै कार्यरत थिए। यसअघि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्। 

तिवारी स्वच्छ छवि भएका अधिकारीका रुपमा परिचित छन्। काठमाडौँको प्रमुख जिल्ला अधिकारीका रूपमा यसअघिका प्रवक्ता ऋषिराम तिवारी सरुवा भएपछि गृहको महत्त्वपूर्ण मानिने महाशाखामा रामचन्द्रलाई ल्याइएको हो। 

गत सोमबार गृह मन्त्रालयका १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको थियो। जसमा ७ जना प्रमुख जिल्ला अधिकारी पनि छन्। तिवारी गृह मन्त्रालयमा आएसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र कुमार मिश्रलाई पठाइएको छ।

मिश्र यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad