समाज


सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी, अरूमा कोको?

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी, अरूमा कोको?

नवनिर्वाचित अध्यक्ष मेघराज पोखरेल, उपाध्यक्ष अमरबहादुर थापा, सचिव रमणकुमार कर्ण र र सहसचिव पुनदेवी महर्जन (सुजना)


नेपालखबर
पुस २०, २०८१ शनिबार २०:५१, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। अन्य पदमा पनि पोखरेल नेतृत्वको टिमकै वर्चस्व कायम भएको छ।

पोखरेलले ३६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १८१ मत पाए। 

उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्।

सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्। 

कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी रहेका छन्। उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन्।

सर्वोच्च अदालत बारमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसन (एसपीएलए) ले संयुक्त प्यानल बनाएका थिए।

फरक प्यानलबाट सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन्। उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन्।

एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट पनि कोही पनि निर्वािचत हुन सकेनन्। एमाले, माओवादी, राप्रपा, रास्वपालगायत संगठनले संयुक्त प्यानल बनाएका थिए। 

 

 

 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad