समाज


सर्वोच्च बारमा कांग्रेस–एस गठबन्धन, पोखरेलको नेतृत्वमा प्यानल घोषणा (सूचीसहित)

सर्वोच्च बारमा कांग्रेस–एस गठबन्धन, पोखरेलको नेतृत्वमा प्यानल घोषणा (सूचीसहित)

अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवका उम्मेदवार क्रमशः मेघराज पोखरेल, अमरबहादुर थापा, रमणकुमार कर्ण र पुनदेवी महर्जन (सुजना)


नेपालखबर
पुस ३, २०८१ बुधबार १६:२०, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएनको चुनावमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए) बीच गठबन्धन बनेको छ। 

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूका यी दुवै संगठनले संयुक्त प्यानलसमेत घोषणा गरेका छन्। जसअनुसार डीएलएले अध्यक्षसहित १० सिट प्राप्त गरेको छ। एसपीएलएले उपाध्यक्षसहित ४ सिट प्राप्त गरेको छ।

यस प्यानलबाट अध्यक्षका उम्मेदवार डीएलएका वरिष्ठ अधिवक्ता मेघराज पोखरेललाई घोषणा गरिएको छ।

उपाध्यक्षमा एसपीएलएका अमरबहादुर राउतलाई अघि सारिएको छ। एसपीएलएबाटै महिला सहसचिवमा पुनदेवी महर्जन ‘सुजना’ र सदस्यमा दुर्गामोहन श्रेष्ठ, प्रदीप राजवंशी छन्।

डीएलएबाट सचिवमा रमणकुमार कर्ण, कोषाध्यक्षमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत र खुला सदस्यमा इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, प्रमोद रेग्मी, पुरुषोत्तमप्रसाद लोहनी छन्।   

सर्वोच्च बारको नेतृत्व चयनका लागि पुस २० गते चुनाव हुँदै छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad