समाज


पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

नेपालखबर
पुस २०, २०८१ शनिबार ७:४, काठमाडौँ

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। 

अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए। अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए। 

नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए। 

हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत उनले यसअघि माउन्टेन टेलिभिजन, आजतक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्ण लगायतका सञ्चार माध्यममा काम गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad