समाज


कर्कट दुष्टको संगतमा पर्ने, मकरलाई सन्तान प्राप्ति हुने, तपाईँको के? हेर्नुस् २० पुसको राशिफल

कर्कट दुष्टको संगतमा पर्ने, मकरलाई सन्तान प्राप्ति हुने, तपाईँको के? हेर्नुस् २० पुसको राशिफल

ज्यो. मेनुका दाहाल
पुस २०, २०८१ शनिबार ४:३९, काठमाडौँ

आज शनिबार, २० पुस २०८१ (४ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गले सहयोग गर्नेछन्। खेलकुद तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन : रोकिएका काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुपर्छ। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४९, वैदेशिक कार्यमा ७० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : नयाँ कार्यको योजना बन्नेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ। मान सम्मान बढ्नुका साथै शरीरमा स्फूर्ति बढ्नेछ। महत्त्वपूर्ण भूमिकाको निर्वाह गरिनेछ। अल्छीपनाले भने बिगार्न सक्छ, सचेत रहनु होला।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। साँझमा भने कलहको योग भएकाले जोगिएर व्यवहार गर्नु होला। आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५८, वैदेशिक कार्यमा ६८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई नहोच्याउने।

तुला : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कहीँकतैबाट उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। दौडधुप गर्नुपरे राम्रै लाभ हुनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ७१, वैदेशिक कार्यमा ६० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : काम बिगार्नेहरूको कमी हुने छैन। नियमित खर्चसमेत बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आलस्य तथा थकानको अनुभूति होला। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित हुन्छ। वैदेशिक कार्य भने अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर प्राप्त होला। स्वास्थ्यप्रति भने बढी नै सजग रहनुपर्ने देखिन्छ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

मकर : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। मनमा दुबिधा उत्पन्न हुनेछ। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad