समाज


बहुप्रतीक्षित संवैधानिक नियुक्ति विवादमा आज पनि सुनुवाइ नहुने, प्रधानन्यायाधीश उपत्यकाबाहिर ‘व्यस्त’

बहुप्रतीक्षित संवैधानिक नियुक्ति विवादमा आज पनि सुनुवाइ नहुने, प्रधानन्यायाधीश उपत्यकाबाहिर ‘व्यस्त’

नेपालखबर
फागुन १६, २०८० बुधबार १०:२९, काठमाडौँ

बहुप्रतीक्षित ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ आज पनि नहुने भएको छ। संवैधानिक इजलास नै गठन नहुने भएकाले उक्त विवादमा सुनुवाइ नहुने भएको हो।

प्रधानन्यायाधीशको व्यस्तताका कारण संवैधानिक इजलास बस्न नसक्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ जनकपुर पुगेका छन्। हेटौँडा हुँदै जनकपुर पुगेका उनी आज कार्यालयमा हाजिर हुने छैनन्।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा दुईपटक गरी अख्तितयार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिको प्रक्रियामा प्रश्न उठाएर अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए। उक्त रिटको निरुपण अहिलेसम्म भएको छैन। 

साप्ताहिक पेसी सूचीमा आज सुनुवाइ हुने गरी पहिलो सूचीमा राखिएको भए पनि प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास बस्न नसक्ने भएकाले यस विवादमा आज सुनुवाइ हुने सम्भावना पनि टरेको हो।

रिटको चाँडो सुनुवाइ गरिदिन निवेदक अर्यालले बारम्बार सर्वोच्च प्रशासन र प्रधानन्यायाधीशको सचिवालयमा आग्रह गर्दै आएका थिए। उनले रिटको सान्दर्भिकता नै हराउन सक्ने भएकाले सुनुवाइलाई प्राथमिकता दिन निवेदन समेत दिएका छन्। 

सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले प्रधानन्यायाधीश श्रेष्ठ आज जनकपुर पुगेको र भोलि मात्र कार्यालयमा आउन सक्नेछन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश र अरू वरिष्ठ ४ जना न्यायाधीश रहन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad